काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला चार हजार २०० ले वृद्धि भई दुई लाख ८८ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ ले बढेर चार हजार ४७५ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ३८० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार १२७ र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ ।