• Menu

झापाको बुद्धशान्तिमा ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा, वर्षौँपछिको सपना पूरा

नेपाल प्रफिट

२०८३ असार २९, १६:४३

झापाको बुद्धशान्तिमा ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा, वर्षौँपछिको सपना पूरा

काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिकामा अव्यवस्थित बसोबास गर्दै आएका पाँच परिवारले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले ती परिवारलाई लालपुर्जा वितरण गर्दै उनीहरूको लामो समयदेखिको जग्गा स्वामित्वको समस्या समाधानतर्फ अर्को कदम चालेको हो ।

समितिका अनुसार वितरण गरिएका जग्गामध्ये केही आवास निर्माणका लागि उपयुक्त छन् भने केही कृषि प्रयोजनका लागि उपलब्ध गराइएको छ। लालपुर्जा प्राप्त गरेसँगै लाभग्राही परिवारहरू कानुनी रूपमा सम्बन्धित जग्गाका आधिकारिक धनी बनेका छन् ।

वर्षौंदेखि आफ्नै नाममा जग्गाको स्वामित्व नहुँदा विभिन्न प्रशासनिक तथा आर्थिक सेवाबाट वञ्चित हुँदै आएका स्थानीयले अब कानुनी मान्यता प्राप्त गरेपछि राहत महसुस गरेका छन् ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण अभियानलाई तीव्र बनाएको छ। यसअघि बर्दियाको बढैयाताल गाउँपालिकामा पनि २९ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको थियो ।

सरकारको दीर्घकालीन योजनाअनुसार भूमिसम्बन्धी समस्या समाधान गर्दै भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाको स्वामित्व प्रदान गर्ने अभियान आगामी दिनमा पनि निरन्तर अघि बढाइने जनाइएको छ ।