• Menu

सुन तोलामा ६ सयले बढ्दा चाँदी घट्यो

नेपाल प्रफिट

२०८३ असार २८, ११:२०

सुन तोलामा ६ सयले बढ्दा चाँदी घट्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ६ सयले बढेको छ भने चाँदी ३५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४७५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको चाँदी चार हजार ५१० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।