• Menu

सुनचाँदीकै मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल प्रफिट

२०८३ असार २३, १२:३५

सुनचाँदीकै मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा एक हजार ४०० र चाँदी ३० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ५५५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५८५ प्रतितोला कायम भएको थियो ।