काठमाडौं । बिपी राजमार्ग नेपालका राष्ट्रिय महत्वका सडकहरूमध्ये एक बनेको छ । करिब १५८ किलोमिटर लामो यो राजमार्ग बनेपादेखि बर्दिवाससम्म पर्छ । यसले राजधानी काठमाडौंलाई पूर्वका तराई र पहाडी क्षेत्रसँग छोटो दूरीमा जोडेको छ ।
सडक सञ्चालनमा आएपछि काठमाडौं र तराईबीचको यात्रा समय र दूरी उल्लेखनीय रूपमा घटेको छ । यस मार्गले व्यापार, पर्यटन र यातायात सहज मात्र बनाएको छैन, जिल्ला स्तरका सहरहरूलाई पनि राजधानीसँग सीधा सम्पर्कमा ल्याएको छ ।
यात्राका क्रममा देखिने हरियाली वन, घना पहाड, नदी खोला र मनमोहक प्राकृतिक दृश्यले बिपी राजमार्गलाई पर्यटनको दृष्टिले समेत महत्वपूर्ण बनाएको छ । स्थानीयवासीका अनुसार यस मार्गले सडक सुविधासँगै आर्थिक गतिविधिमा पनि उल्लेख्य वृद्धि गरेको छ ।










तस्बिर सौजन्य : उद्धव श्रेष्ठ सिन्धुली/एनएफपीजे नेपाल