काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ६ हजार ५०० र चाँदी १०५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० र त्यति नै परिमाणको चाँदीको मूल्य ३ हजार ४० कायम भएको छ ।
मंगलबार एक तोला छापावाल सुन दुई लाख ४७ हजार ९०० र एक तोला असली चाँदी तीन हजार १४५ मा कारोबार भएको थियो ।