• Menu

सिँचाइ बाँधमा बेपत्ता चौधरीको शव फेला

नेपाल प्रफिट

२०८३ कात्तिक २७, शुक्रबार १३:३६

सिँचाइ बाँधमा बेपत्ता चौधरीको शव फेला

दाङ ।  दाङको घोराही उपमहानगरपालिका-१० अर्घुमस्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २३ वर्षीय अनुप चौधरीको शव फेला परेको छ।

स्थानीय बेलघार निवासी चौधरीको शव सशस्त्र प्रहरी बल नेपालको शमशेरगन्जस्थित प्रदेशस्तरीय विपद् व्यवस्थापन टोलीले बाँधको ३० फिट गहिराइमा माटोमा गाडिएको अवस्थामा फेला पारेको हो।

प्रहरी निरीक्षक आशिष रावतको कमाण्डमा खटिएको विशेष टोलीले आज शव फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्कीले जानकारी दिए।

छ जना साथीसँग नुहाउन गएका चौधरी बाँधमा डुबेर बेपत्ता भएको खबर पाएलगत्तै उनको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो।