• Menu

चितवनमा कारको ठक्करबाट महिलाको मृत्यु, २ जना घाइते

नेपाल प्रफिट

२०८३ कात्तिक २७, शुक्रबार १३:५५

चितवनमा कारको ठक्करबाट महिलाको मृत्यु, २ जना घाइते

चितवन । चितवनमा विद्युतीय कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१५ निवासी ३० वर्षीया पैदलयात्री पार्वती भुजेल रहेकी छन्।

भरतपुर महानगरपालिका-१६ स्थित फुर्तिचोकबाट नाविनचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३४ च ९२२१ नम्बरको विद्युतीय कारले आज बिहान भुजेललाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए।

उनका अनुसार सोही कारको ठक्करबाट अन्य दुई जना पैदलयात्रीसमेत घाइते भएका छन्। घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न कार र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।