• Menu

नेप्से ४.१२ अंकले बढ्यो, ४ अर्ब ७३ करोडको सेयर कारोबार

नेपाल प्रफिट

२०८३ असोज २७, मंगलबार १५:२७

नेप्से ४.१२ अंकले बढ्यो, ४ अर्ब ७३ करोडको सेयर कारोबार

काठमाडौं ।  सेयर बजार परिसूचक नेप्से मंगलबार ४.१२ अंकले बढेर २ हजार ५९९ अंकमा पुगेको छ। अघिल्लो कारोबार दिन पनि नेप्से करिब ४ अंकले बढेको थियो।

मंगलबार कारोबार रकमसमेत बढेको छ।  सोमबार ४ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ।

आज कारोबारमा आएका कम्पनीमध्ये १०४ वटाको सेयर मूल्य बढेको छ भने १६७ वटाको घटेको छ। सात कम्पनीको मूल्य भने स्थिर रहेको छ।

मंगलबार जीवन बिमा समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ। उक्त समूहको सूचक १.७७ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ समूहको सूचक ०.६९ प्रतिशतले बढ्दै पछिल्लो छ महिनाकै उच्च विन्दुमा पुगेको छ।

विकास बैंक समूह ०.०५ प्रतिशत, लगानी समूह ०.१३ प्रतिशत र निर्जीवन बिमा समूह ०.५३ प्रतिशतले बढेका छन्।

यता वित्त समूह ०.३१ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५८ प्रतिशत, जलविद्युत समूह ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.४० प्रतिशत, लघुवित्त समूह ०.०९ प्रतिशत, अन्य समूह ०.५२ प्रतिशत र व्यापार समूह ०.४० प्रतिशतले घटेका छन्।

मंगलबार सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १२.४४ प्रतिशतले बढेको छ। त्यस्तै, ओरियन्टल होटल्सको ३.७४ प्रतिशत, सन नेपाल लाइफ इन्स्योरेन्सको ३.१७ प्रतिशत, भगवती हाइड्रोपावरको ३.१३ प्रतिशत र घलेम्दी हाइड्रोपावरको ३.१२ प्रतिशतले मूल्य बढेको छ।

यस दिन स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। धौलागिरि लघुवित्तको १२.८७ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको ४.६५ प्रतिशत र सिटी होटलको ३.६५ प्रतिशतले मूल्य घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, कुमारी बैंक, रिलायन्स स्पिनिङ मिल्स, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र सिटी होटल अगाडि रहेका छन्।