काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति, सद्भाव र कल्याणको कामना गरेका छन् ।
महासभामा आफ्नो सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका पशुपतिनाथ र गौतम बुद्धको सन्देशलाई विश्व शान्तिसँग जोडेका हुन् ।
उनले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। धन्यवाद, नमस्ते।’
पशुपतिनाथलाई विश्व कल्याणको कामनासँग र गौतम बुद्धले देखाएको शान्ति तथा करुणाको मार्गलाई विश्व समुदायसँग जोड्दै प्रधानमन्त्री शाहले आफ्नो सम्बोधन टुंग्याएका हुन्।