• Menu

रसुवाको भोटेकोशी बाढीपीडितका लागि डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

नेपाल प्रफिट

२०८३ असोज ७, बुधबार १७:१७

रसुवाको भोटेकोशी बाढीपीडितका लागि डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

काठमाडौं । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक करोड ५० लाख सहयोग गरेको छ।

डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई बुधबार उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।

सहयोग हस्तान्तरणका क्रममा डा. गुरुङले बाढीबाट प्रभावित समुदायसम्म पहुँच पुनर्स्थापित गर्न तथा उनीहरूलाई पुनःजोड्न सरकारका तत्कालीन प्रयासमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

बाढीका कारण अझै पनि केही प्रभावित सम्पर्कविहीन रहेको तथा सडक र सञ्चार सम्पर्कमा ठूलो क्षति पुगेको अवस्थामा सहयोगले प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनामा योगदान पुग्ने डब्लुडब्लुएफ नेपालले जनाएको छ।

डब्लुडब्लुएफ नेपालले विपद्को अवस्थामा प्रभावित समुदायलाई सहयोग गर्ने आफ्नो अभियानप्रति प्रतिबद्ध रहेको पनि जनाएको छ ।