• Menu

जनकपुरधाममा घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु, तीन लाख बराबरको क्षति

नेपाल प्रफिट

२०८३ असोज ४, आइतबार ११:३९

जनकपुरधाममा घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु, तीन लाख बराबरको क्षति

धनुषा । जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका-२ का ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो । घरायसी सामानसहित तीन लाख बराबरको क्षति भएको छ ।

आगालागी गएराति भएको हो । विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय निकायका वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।