• Menu

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको ३ करोड १ लाख सहयोग

नेपाल प्रफिट

२०८३ भदौ १२, शुक्रबार १३:१८

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंकले रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रका नागरिकहरुलाई सहयोग गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । सो सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ ।

बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले सिंहदरबारमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ३ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदनाका साथै गहिरो दुःख व्यक्त गरेको छ ।