• Menu

चितवनको टाँडीमा एथरको १७औँ ‘एक्सपेरियन्स सेन्टर’, १ लाखसम्म क्यासब्याक अफर

नेपाल प्रफिट

२०८३ मंसिर ११, शुक्रबार १०:०४

चितवनको टाँडीमा एथरको १७औँ ‘एक्सपेरियन्स सेन्टर’, १ लाखसम्म क्यासब्याक अफर

चितवन । नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले चितवनको रत्ननगर, टाँडीमा १७औँ एथर एक्सपेरियन्स सेन्टर औपचारिक रूपमा उद्घाटन गरेको छ । नयाँ एक्सपेरियन्स सेन्टरको सञ्चालनसँगै एथरले चितवन क्षेत्रमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै रत्ननगर तथा आसपासका ग्राहकका लागि इलेक्ट्रिक मोबिलिटीको अनुभव अझ सहज र पहुँचयोग्य बनाएको हो ।

नयाँ एक्सपेरियन्स सेन्टर डायनामिक इनर्जी प्रालिअन्तर्गत सञ्चालनमा आएको हो । डायनामिक इनर्जी चितवनको आस्था चोकमा पहिले नै एथर एक्सपेरियन्स सेन्टर सञ्चालन गर्दै आएको विद्यमान एथर डिलर हो । आफ्नो दोस्रो डिलरसिप लोकेसनको उद्घाटनसँगै डायनामिक इनर्जीले इलेक्ट्रिक मोबिलिटीको विस्तार तथा ग्राहकलाई एथर इलेक्ट्रिक स्कुटर खरिद, अनुभव र अन्वेषण गर्न थप सहज पहुँच प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

नयाँ एक्सपेरियन्स सेन्टरमा ग्राहकले एथरका दुई फरक स्कुटर, पर्फर्मेन्समा केन्द्रित एथर ४५० सिरिज र परिवार तथा दैनिक प्रयोगलाई लक्षित एथर रिज्टा अनुभव गर्न सक्नेछन् ।

एथरले इलेक्ट्रिक स्कुटरको दीर्घकालीन अनरसिपप्रति ग्राहकको विश्वास अझ बलियो बनाउन एथर एस्युरेन्स एट७० उपलब्ध गराउँदै आएको छ । यो ब्याट्री हेल्थ एस्युरेन्स प्रोग्रामअन्तर्गत ८ वर्ष वा ८० हजार किलोमिटर (जुन पहिले पुग्छ) सम्म ब्याट्री हेल्थ कम्तीमा ७० प्रतिशत रहने एस्युरेन्स प्रदान गरिन्छ ।

हाल नेपालभर एथरका १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५३ भन्दा बढी एथर ग्रिड फास्ट चार्जिङ प्वाइन्ट्स छन् । यस नेटवर्कले देशका विभिन्न प्रमुख स्थानहरूमा ग्राहकलाई सहज सेवाको पहुँच र चार्जिङ सुविधा उपलब्ध गराउन सहयोग गरिरहेको छ ।

रत्ननगरमा नयाँ एक्सपेरियन्स सेन्टरको उद्घाटनका अवसरमा ग्राहकले एथरको विशेष फेस्टिभ तथा ओपनिङ स्किमअन्तर्गत स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।