• Menu

बाढी प्रभावितका लागि सानिमा बैंकको २ करोड २५ लाख सहयोग

नेपाल प्रफिट

२०८३ भदौ १२, शुक्रबार १३:०८

बाढी प्रभावितका लागि सानिमा बैंकको २ करोड २५ लाख सहयोग

काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई करोड पच्चीस लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बैंकले भदौ १० गते बुधबार, भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्स्थापनाकालागि सहयोगस्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्तगर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।