• Menu

भेरी अस्पतालमा ८३ जना नयाँ एचआइभी संक्रमित फेला

नेपाल प्रफिट

२०८३ भदौ ८, सोमबार ११:५०

भेरी अस्पतालमा ८३ जना नयाँ एचआइभी संक्रमित फेला

बाँके । भेरी अस्पताल, नेपालगन्जमा एचआइभीका नयाँ रोगी फेला परेका छन् । आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा एचआइभी परीक्षण गर्दा ८३ नयाँ रोगी पुष्टि भएको हो । त्यस वर्ष सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो ।

अस्पतालका एचआइभी ‘फोकलपर्सन’ डा. संकेतकुमार रिसालले संक्रमितलाई शीघ्र एआरटी सेवा प्रदान गरिएको जानकारी दिए । अस्पतालले एचआइभी संक्रमितको पहिचानसँगै उपचारमा निरन्तरता, संक्रमण रोकथाम तथा आमाबाट शिशुमा संक्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सेवा सञ्चालन गरिरहेको जनाएको छ ।