
काठमाडौं । नामीले नाडा अटो सो २०२६ मा नयाँ नामी बक्स सार्वजनिक गर्ने भएको छ ।
सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्स आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण छिट्टै लोकप्रिय बनेको थियो । यसको विशिष्ट डिजाइन र व्यावहारिक विद्युतीय मोबिलिटीले नेपाली बजारमा यसलाई लोकप्रिय रोजाइ बनाउन सफल भएको छ ।
नेपालका सडकमा हालसम्म २ हजारभन्दा बढी नामी सवारी साधन सञ्चालनमा आइसकेका छन् । यससँगै नामीले नेपालमा आफ्नो बलियो र प्रमाणित उपस्थिति स्थापित गरेको छ । नामी भिगोइ२ को सफल सार्वजनीकरणपछि अब नयाँ नामी बक्सले अझ परिष्कृत र आकर्षक सुविधासहित यो यात्रालाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।
नयाँ नामी बक्सका सम्पूर्ण फिचर्स, स्पेसिफिकेसन र मूल्यनाडा अटो सो २०२६ मा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal