• Menu

आर्थिक वर्षको पहिलो दिनै सेयर बजार करिब ८० अंकले बढ्यो

नेपाल प्रफिट

२०८३ साउन १, शुक्रबार १६:०२

आर्थिक वर्षको पहिलो दिनै सेयर बजार करिब ८० अंकले बढ्यो

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजार करिब ८० अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९.७४ अंकले बढेर दुई हजार ६७७.५४ मा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक११.५१ अंकले उकालो लागेर ४६८.३८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक ५.४५ अंकले बढेर एक सय ८४.०३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ फ्लोट सूचक भने ४.१३ अंकले बढेर एक सय ५८.५६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयर चार अर्ब ५७ करोड ५० लाख ९४ हजार सात सय २३ मूल्यमा खरिद बिक्री भएको छ ।

साथै १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ । आज दुई सय ५९ कम्पनीको सेयर बढ्यो भने१३ कम्पनीको सेयर घट्यो । त्यसैगरी दुई कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रोपावर, शिखर पावर डेभलममेन्टका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, फष्ट माइक्रो फाइन्नास आरबिबि लगायतका लगानीकर्ताले गुमाएका छन् ।