काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.१३ अंकले ओरालो २०६.६८ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५८ अंकले ओरालो लागेर ४५३.६० मा पुगेको छ । त्यस्तै फ्लोट सूचक ०.१५ अंकले १७८.५२ मा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने ०.१९ अंकले घटेर १५३.४७ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर ६ अर्ब ८६ करोड सात लाख १८ हजार ६५८ मूल्यमा खरिदबिक्री भएको छ ।
आज १३ उपसमूहमध्ये सात उपसमूह मूल्य घट्यो भने छ उपसमूह बढ्यो । आज १२० कम्पनीको सेयर बढ्यो भने १३५ कम्पनीको सेयर घट्यो ।
नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कुमारी इक्युटी फण्ड, कलङ्गा हाइड्रो कम्पनीका लगानीकर्ताले कमाएका छन् भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआइबिएल स्टेवल फन्ड र सिटिजन बैंक डिबेञ्चरलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।