
मुस्ताङ । जिल्लामा ४५८ किसान कृषि जोनमा सूचीकृत भएका छन् । नेपालमा ‘कृषि जोन’ (व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र) कार्यक्रम आर्थिक वर्ष २०७३/०७४ देखि लागू भएको हो ।
च्याङ्ग्रा, स्याउ र आलु उत्पादन वृद्धिका लागि किसानको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत उक्त क्षेत्रमा जोन कार्यक्रम लागू गरिएको हो ।
स्याउ, आलु र च्याङ्ग्रा गरी ४५८ जोन कार्यक्रमअन्तर्गत किसानका विभिन्न फार्म, समूह र सहकारी संस्था यहाँ सूचीकृत भएका हुन् ।
च्याङ्ग्रा जोन आव २०७८र०७९ स्याउ २०७५/०७६ र आलु २०८०र/८१ देखि जोन कार्यान्वयनमा आएको हो । स्याउ जोन कार्यक्रममा २५८ च्याङ्ग्रामा १३५ किसान सूचीकृत भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ मुस्ताङका प्रमुख भरत गौतमले जानकारी दिए ।
जसमध्ये १२९ वटा कृषि फार्म र ६ वटा कृषक समूह रहेका छन् । चालु वर्ष ५७ किसान च्याङ्ग्रा जोन कार्यक्रममा सूचीकृत भएका छन् । आलु जोनमा ९९ किसानको फार्म, समूह र सहकारी संस्था दर्ता छन् ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ मुस्ताङमा च्याङ्ग्रापालक किसानलाई पूर्वाधार निर्माण र कृषि उपकरणमा ५० प्रतिशत सहुलियत, स्याउ जोन कार्यक्रमअन्तर्गतका किसानलाई १६ हजार स्याउका बिरुवा वितरणमा ५० प्रतिशत अनुदान र आलु जोन कार्यक्रमअन्तर्गत २३ किसानलाई नौ हजार ८०० केजी आलुको बीउ वितरण गरिएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal