
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा लडेर घाइते भएका छन्। केही दिनअघि बाथरुममा चिप्लिएर लड्दा उनको दायाँ हातमा चोट लागेर हड्डी भाँचिएको स्रोतले जनाएको छ ।
देउवानिकट स्रोतका अनुसार उनको स्थानीय अस्पतालमा उपचार गरिएको थियो र उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
पछिल्लो समय हङकङमा बस्दै आएका देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग विभिन्न सार्वजनिक स्थानमा हिँडडुल गरिरहेको भिडियो पनि बेलाबेला सार्वजनिक हुँदै आएको छ ।
देउवा २०८२ चैत ७ गते थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए । त्यसअघि उनी २०८२ फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानमार्फत उपचारका लागि सिंगापुर गएका थिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal