• Menu

नेप्से ६ अंकले बढ्दा ८ अर्ब ४१ करोडभन्दा बढीको सेयर कारोबार

नेपाल प्रफिट

२०८३ असार ३०, १६:५४

नेप्से ६ अंकले बढ्दा ८ अर्ब ४१ करोडभन्दा बढीको सेयर कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.११ अंकले बढेर २०५७६.२६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७९ अंकले उकालो लागेर ४५१.३४ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक ०.३२ अंकले बढेर १७६.८८ मा पुगेको छ ।

सेन्सेटिभ फ्लोट सूचक भने ०.२० अंकले बढेर १५२.५० मा पुगेको छ । आज विभिन्न कम्पनीको एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर आठ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घट्यो । आज १६४ कम्पनीको सेयर बढ्यो भने १०१ कम्पनीको सेयर घट्यो । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार कामना सेवा विकास बैंकको डिबेञ्चर, साङ्ग्रिला विकास बैंकको डिबेञ्चर, उपकार लघुवित्त संस्था लगायतका लगानीकर्ताले कमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैंक डिबेञ्चर र स्वावलम्वन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज गुमाएका छन् ।