• Menu

स्वास्थ्य निर्देशनालय धनकुटाका पूर्वनिर्देशक मेहताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल प्रफिट

२०८० चैत १८, १७:०४

स्वास्थ्य निर्देशनालय धनकुटाका पूर्वनिर्देशक मेहताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता र लेखा अधिकृतलगायत मेडिकल उपकरण आयातकर्ता कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरका लागि एचडीयू उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहता, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेशकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।

यस्तै, हस्पिटेक इन्टरप्राइजेज काठमाडौँका सञ्चालक विशाल पण्डित र सोही कम्पनीका व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध समान दुई करोड ८९ लाख ६६ हजार ५० बराबर बिगो दावी गरिएको छ ।