काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा वृद्धिदर लक्ष्य १२.५ प्रतिशत तय गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ का लागि शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा राष्ट्र बैंकले विस्तृत मुद्राप्रदायको वृद्धिदर १२.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको हो ।
गत आवको मौद्रिक नीतिमा राष्ट्र बैंकले ११.५ प्रतिशत कर्जा वृद्धिदर लक्ष्य लिएकोमा ५.९७ प्रतिशतमात्र हासिल भएको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को बजेटमा अनुमान गरिएबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गरिने जनाएको छ ।