काठमाडौं । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-७ चाबहिल क्षेत्रबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-६ का २६ वर्षीय सलमान तामाङ, ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ का २५ वर्षीय अनिश राई, ओखलढुंगा मोलुङ गाउँपालिका-७ का २१ वर्षीय निकेश सुनुवार र झापा गौरादह नगरपालिका-८ का २१ वर्षीय दिवश गौतम छन् ।
उनीहरुको साथबाट चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल एक हजार पाँच थान ट्याबलेट बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।