• Menu

धादिङको रुबीभ्यालीमा सवारी दुर्घटना : एक वृद्धाको मृत्यु, चालकसहित ९ जना घाइते

नेपाल प्रफिट

२०८३ मंसिर ४, शुक्रबार ११:३३

धादिङको रुबीभ्यालीमा सवारी दुर्घटना : एक वृद्धाको मृत्यु, चालकसहित ९ जना घाइते

धादिङ । रुबीभ्याली गाउँपालिका-४ कलदाङमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित अन्य ९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश दाहालका अनुसार दुर्घटनामा रुबीभ्याली-४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो । घाइतेमध्ये ६ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित र अन्य तीन जनालाई धादिङ अस्पताल पठाइएको छ ।

सवारी चालक खनियाबास गाउँपालिका-१ का ४० वर्षीय डम्बर तामाङ, बोराङकी ३३ वर्षीया मिजोङ तामाङ र ११ वर्षीय एक बालक आमोश तामाङको अवस्था गम्भीर  रहेको प्रवक्ता दाहालले राससलाई जानकारी दिए ।