एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बौद्धिकता (एआई), डिजिटल अर्थतन्त्र र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न आग्रह गरेका छन् ।
बुधबार एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक उद्घाटन गर्दै सीले एसिया-प्रशान्त क्षेत्रमा साझा समृद्धिका लागि व्यापार तथा लगानीका अवरोध हटाउनुपर्ने बताए ।
उनले वैज्ञानिक नवप्रवर्तन, एआई र हरित विकासमा साझेदारी बढाउन जोड दिँदै चीनले विदेशी लगानीकर्ता तथा व्यवसायका लागि बजार पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने अपेक्षित भेटवार्ताको पूर्वसन्ध्यामा सीको यस्तो धारणा आएको हो । अमेरिका र चीनबीच व्यापारिक तनाव बढिरहेका बेला अमेरिकाले एआई प्रविधिमा प्रयोग हुने उन्नत चिप्स चीन निर्यातमा थप प्रतिबन्ध लगाएको छ । चीनले पनि अमेरिकी करको जवाफमा प्रतिकारात्मक कदम चालेको छ ।
यसैबीच, गत वर्ष एपेक बैठकमा भएको व्यापार युद्ध रोक्ने अस्थायी सहमति आगामी जनवरीमा समाप्त हुँदैछ । दुई देशबीचको व्यापार सम्बन्ध र प्रविधिसम्बन्धी विवाद आगामी वार्ताका महत्त्वपूर्ण विषय बन्ने अपेक्षा गरिएको छ ।