काठमाडौं । सरकारले गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको दाबी गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन शुक्रबार दर्ता भएको छ।
कार्कीले बिहीबार आफ्ना वकिलमार्फत रिट पेस गरेका थिए । अध्ययनका क्रममा रहेको भन्दै बिहीबार दर्ता हुन नसकेको निवेदन शुक्रबार सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको हो ।
सर्वोच्चमा रिट दर्ता भएपछि प्रचलित प्रक्रियाअनुसार सुनुवाइका लागि अर्को दिन पेशी तोकिने व्यवस्था छ ।