बुटवल । युवापुस्ताको ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको पल्सर आरपीएम बुटवलमा सम्पन्न भएको छ। बुटवलस्थित ढुंगा स्केट-एड स्केट पार्कमा आयोजित कार्यक्रममा करिब २ हजार ५०० जनाको उत्साहपूर्ण सहभागिता रहेको थियो।
कार्यक्रममा मोटरसाइकल कला प्रदर्शन, बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, भित्ते चित्रकला तथा सांगीतिक प्रस्तुति लगायत सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गरिएको थियो। पल्सर एन१६० मार्फत प्रस्तुत गरिएको मोटरसाइकल कला प्रदर्शनले कार्यक्रमको आकर्षण बढाएको थियो।
स्थानीय कलाकार, मोटरसाइकल चालक तथा विभिन्न विधाका प्रतिभाको सहभागिताले कार्यक्रमलाई स्थानीय परिवेशसँग जोडेको थियो। कार्यक्रममा स्थानीय कलाकार डिजे पिज्जा र डिजे नकआउटको सांगीतिक प्रस्तुति समेत रहेको थियो।
पल्सर एन१६० र एनएस२०० का प्रदर्शनी तथा परीक्षण सवारी क्षेत्रले सहभागीलाई मोटरसाइकल नजिकबाट हेर्ने र परीक्षण गर्ने अवसर प्रदान गरेको थियो। चिया, कफी, खानाका परिकार तथा उपहारका विभिन्न स्टलसमेत राखिएका थिए।
पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभा र युवा समुदायलाई आफ्नो सीप, रुचि तथा सिर्जनशीलता प्रस्तुत गर्ने मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ।
काठमाडौँबाट सुरु भएको पल्सर आरपीएमको यात्रा बुटवलसम्म विस्तार भएको हो। यसमार्फत स्थानीय युवा समुदाय र सडक संस्कृतिसँग थप नजिक हुने अवसर प्राप्त भएको आयोजकको भनाइ छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, मोटरसाइकल चालक, सांगीतिक प्रस्तोता, साझेदार, सञ्चारमाध्यम, आयोजक टोली, विक्रेता तथा सहभागी सबैलाई बजाज पल्सरले धन्यवाद व्यक्त गरेको छ।
बजाज पल्सरले आगामी दिनमा पल्सर आरपीएमलाई थप सहर र समुदायसम्म विस्तार गर्दै लैजाने जनाएको छ।