• Menu

बजाज पल्सर एनएसको ब्रान्ड दूतमा रविन्द्र ढाँट नियुक्त

नेपाल प्रफिट

२०८३ असोज १४, बुधबार १७:०३

बजाज पल्सर एनएसको ब्रान्ड दूतमा रविन्द्र ढाँट नियुक्त

काठमाडौं । बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड दूत नियुक्त गरेको छ ।

शक्ति, तीव्रता र आत्मविश्वासका लागि परिचित ढाँटसँगको सहकार्यले पल्सर एनएसको प्रदर्शनमुखी पहिचानलाई थप बलियो बनाउने कम्पनीले जनाएको छ ।

‘रफ पावर मिट्स रफ पावर’ भन्ने मूल अवधारणामा आधारित यो सहकार्यले रविन्द्र ढाँटको व्यक्तित्व र पल्सरको आक्रामक प्रदर्शनबीचको समानतालाई प्रस्तुत गर्ने कम्पनीको भनाइ छ । ढाँटको शक्ति, तीव्रता र प्रभावशाली व्यक्तित्व पल्सरको शक्ति, प्रदर्शन तथा मांसल स्वरूपसँग मेल खाने कम्पनीले जनाएको छ ।

बजाजले पल्सरलाई शक्ति, प्रदर्शन तथा आक्रामक सवारीका लागि परिचित मोटरसाइकलका रूपमा स्थापित गर्दै आएको जनाएको छ । ढाँटसँगको सहकार्यले विशेषगरी युवा तथा प्रदर्शनमुखी मोटरसाइकलप्रति रुचि राख्ने ग्राहकसँग ब्रान्डको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अब ढाँट पल्सर एनएसका विभिन्न प्रचारात्मक अभियान, कार्यक्रम तथा उपभोक्ता सहभागिताका गतिविधिमा सहभागी हुनेछन् । यसमार्फत पल्सरका उत्पादनका विशेषता तथा प्राविधिक पक्षसँगै शक्ति, आत्मविश्वास, प्रदर्शन र साहसी शैलीलाई थप प्रभावकारी रूपमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

बजाजका अनुसार रविन्द्र ढाँट र पल्सरबीचको सहकार्य दुई फरक पहिचानलाई एउटै भावनामा जोड्ने प्रयास हो । दुवैको केन्द्रमा रहेको शक्ति र प्रदर्शनको भावनाले पल्सरको व्यक्तित्वलाई थप स्पष्ट र विशिष्ट बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ ।

पल्सर र रविन्द्र ढाँटसँग सम्बन्धित आगामी अभियान तथा सामग्री बजाज नेपालको आधिकारिक सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमबाट सार्वजनिक गरिने जनाइएको छ ।