• Menu

१६ अंकले घट्यो सेयर बजार

नेपाल प्रफिट

२०८३ असोज १२, सोमबार १५:४९

१६ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६.४७ अंकले घटेर २ हजार ६१३.३३ विन्दुमा झरेको हो । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६२ प्रतिशतको गिरावट हो ।

सोमबार कारोबार रकम भने ५ अर्ब रुपैयाँ नाघेको छ । कुल ३ सय ५७ धितोपत्रको ५८ हजार ५ सय कारोबारबाट १ करोड ३१ लाख ७८ हजार १ सय २८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४ सय १४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज व्यापारबाहेक सबै उपसमूहको सूचक घटेका छन् । निर्जीवन बिमा उपसमूहमा सबैभन्दा धेरै १.२० प्रतिशतको गिरावट आएको छ ।

कारोबार भएका धितोपत्रमध्ये केबीएल डिबेन्चरको मूल्य सर्वाधिक १२.१७ प्रतिशतले बढेको छ । त्यस्तै, लक्ष्मी सनराइज डिबेन्चर १० प्रतिशत र प्राइम बैंक डिबेन्चर ८.८३ प्रतिशतले बढेका छन् ।

हाथवे इन्भेस्टमेन्ट नेपालको सेयर मूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशतले घटेको छ । त्यस्तै, इमर्जिङ नेपाल, ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड र धौलागिरि लघुवित्तलगायतका धितोपत्रको मूल्य पनि घटेको छ ।

आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै रकमको कारोबार भएको छ भने हाथवे इन्भेस्टमेन्ट नेपालको सबैभन्दा धेरै कित्ता कारोबार भएको छ ।