मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ ।
पहिरोमा परी मानवीय क्षति भएको आशंका गरिएको छ । हिमाल आरोहणमा गएका २२ जना ९ जना पर्वतारोही र १३ जना सहयोगी मध्ये करिब एक दर्जन बेपत्ता भएका अशंका गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए । उनीहरु सबैजना पर्वतारोहणको तयारी गर्न त्यसतर्फ गएका थिए ।
उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर मनाङ आए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि फर्किएको प्रजिअ खनालले बताए । हिमपहिरोबाट के कति क्षति भयो भन्ने एकिन जानकारी प्राप्त हुन नसकेको उनले बताए ।