एजेन्सी । स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले बढेको छ। यो युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रमध्ये सबैभन्दा उच्च वृद्धि हो ।
युरोस्टाटका अनुसार अगस्टमा ईयूभर व्यावसायिक उडानको औसत वृद्धि २.३ प्रतिशत थियो । स्लोभाकियापछि माल्टामा १२.४ प्रतिशत र इस्टोनियामा ८.३ प्रतिशत वृद्धि भएको थियो। आठ ईयू सदस्य राष्ट्रमा भने उडान संख्या घटेको छ ।
स्लोभाकियाको यातायात मन्त्रालयले उडान वृद्धि हुनुमा ब्राटिस्लाभा-कोसिसे आन्तरिक हवाई सेवा पुनः सञ्चालनलाई प्रमुख कारण मानेको छ । ७ वर्ष बन्द रहेको उक्त सेवा गत वर्ष पुनः सञ्चालनमा आएको हो र हाल विज एयरले दैनिक उडान गर्दै आएको छ ।
मन्त्रालयका अनुसार उक्त हवाई सेवाले यात्रु आवागमन बढाउनुका साथै दुवै विमानस्थलमा नयाँ सेवा र थप गन्तव्य विस्तार गर्न सहयोग गरेको छ ।