• Menu

अवरिल वर्षाका कारण पहलमान सिंहस्वाँर मार्ग भासियो

नेपाल प्रफिट

२०८३ असोज ११, आइतबार १२:५३

अवरिल वर्षाका कारण पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम । अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको छ ।

आइतबार बिहान चौरपाटी गाउँपालिका-६ दुनीमा सडक भासिएपछि सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पवीन्द्र बमले जानकारी दिए ।

भासिएको सडक मर्मतसम्भार गरी यथाशक्य चाँडो यातायातका साधन सञ्चालन गर्न सडक डिभिजन कार्यालयसँग समन्वय गरिएको उनले बताए ।