• Menu

तिनाउ नदीको बाढीले बुटवलमा ६ घर बगे

नेपाल प्रफिट

२०८३ असोज ११, आइतबार १०:५३

तिनाउ नदीको बाढीले बुटवलमा ६ घर बगे

रूपन्देही । तिनाउको बाढीले बुटवल उपमहानगरपालिका-११ टपमझुवा क्षेत्रका ६ घर बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकबहादुर शाहीका अनुसार बाढीले दुई पक्की र चार कच्ची घर बगाएको हो । घरसँगै त्यहाँका सरसामान पनि बगेका छन् ।

मानवीय क्षति भने भएको छैन । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । वर्षा रोकिएको छैन ।