• Menu

बाढीले क्षति पुर्‍याएको पिमलटार-जागाराम झोलुंगे पुल मर्मतपछि सञ्चालनमा, १२ पुलको काम पनि अन्तिम चरणमा

नेपाल प्रफिट

२०८३ असोज ७, बुधबार १७:३७

बाढीले क्षति पुर्‍याएको पिमलटार-जागाराम झोलुंगे पुल मर्मतपछि सञ्चालनमा, १२ पुलको काम पनि अन्तिम चरणमा

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार-जागाराम झोलुंगे पुलको पुनर्निर्माण सम्पन्न भएसँगै आवतजावत पूर्णरूपमा सञ्चालनमा आएको छ।

बाढीले क्षति पुर्‍याएको पुलका बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्डरेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गर्ने काम सम्पन्न भएको हो। पुलमा जाली राख्ने कामसमेत पूरा भएपछि आजदेखि पुल सञ्चालनमा ल्याइएको जनाइएको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त झोलुंगे पुलको पुनर्निर्माण तथा मर्मत कार्यलाई तीव्रता दिएको छ।

सरकारको तीव्र पहलमा धादिङ, नुवाकोट र गोरखामा रहेका अन्य १२ वटा झोलुंगे पुलको मर्मत कार्यसमेत अन्तिम चरणमा पुगेको जनाइएको छ।