काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १०० र चाँदीको मूल्य ४० बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ८१५ कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी चार हजार ७७५ मा कारोबार भएको थियो ।