• Menu

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरूको कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न

नेपाल प्रफिट

२०८३ असोज ४, आइतबार १४:१९

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरूको कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरूको कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रम सम्मान, प्रशिक्षण तथा मनोरञ्जनात्मक गतिविधिसहित सम्पन्न भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रसाईंले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता लिडरहरूको योगदानको मूल्यांकन गर्दै कम्पनीले सम्मान गरेको बताए ।

यस्ता सम्मानले अभिकर्ताहरूलाई थप व्यावसायिक सफलता हासिल गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा पनि अभिकर्ताहरूलाई उच्च मनोबलका साथ व्यवसाय गर्न कम्पनीको साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।

आर्थिक वर्ष २०८२/८३ को सफलताको उत्सवसँगै आर्थिक वर्ष २०८३/८४ लाई थप उपलब्धि हासिल गर्ने वर्षका रूपमा अघि बढाउन उनले सहभागीहरूलाई प्रेरित गरेका थिए ।

कम्पनीका नेसनल सेल्स हेड तथा नायब महाप्रबन्धक सोनबहादुर मगरले आर्थिक वर्ष २०८२/८३ को सफलताले आगामी आर्थिक वर्षमा तय गरिएको लक्ष्य हासिल गर्न थप ऊर्जा प्रदान गरेको बताए ।

कार्यक्रममा आचार्य राजा बाबु साहले ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षणले अभिकर्ताहरूको व्यावसायिक क्षमता अभिवृद्धिका साथै व्यवसाय विस्तारका लागि सकारात्मक ऊर्जा प्रदान गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका व्यवस्थापक तथा देशभरबाट आएका करिब २०० अभिकर्ताको सहभागिता रहेको थियो। आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई कर्पोरेट क्लब अवार्ड प्रदान गरी सम्मान गरिएको थियो ।

प्रभु महालक्ष्मी लाइफले अभिकर्ताहरूको व्यावसायिक क्षमता तथा मनोबल अभिवृद्धिका लागि नियमित रूपमा मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ ।