• Menu

स्वास्थ्य बिमा बोर्डद्वारा जेठमा १ अर्ब ४५ करोड ४६ लाखभन्दा बढी दाबी रकम भुक्तानी

नेपाल प्रफिट

२०८३ असोज २, शुक्रबार १७:५७

स्वास्थ्य बिमा बोर्डद्वारा जेठमा १ अर्ब ४५ करोड ४६ लाखभन्दा बढी दाबी रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापत २०८३ जेठ महिनाको १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको छ।

स्वास्थ्य बिमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका विभिन्न स्वास्थ्य संस्थाले पेस गरेका दाबीबापत उक्त रकम भुक्तानी गरिएको हो ।

जेठ महिनाको भुक्तानी विवरणमा देशभरका ३८१ वटा स्वास्थ्य संस्था समावेश छन्। भुक्तानी पाउने संस्थामा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताललगायत स्वास्थ्य संस्था रहेका छन् ।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितलाई प्रदान गरिएको स्वास्थ्य सेवाको दाबी प्रक्रिया पूरा भएपछि स्वास्थ्य संस्थालाई सेवा प्रदान गरेबापतको रकम भुक्तानी गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार स्वास्थ्य संस्थाले बिमितलाई प्रदान गरेको सेवाको विवरण र दाबी पेस गरेपछि आवश्यक प्रक्रिया तथा परीक्षण पूरा गरी भुक्तानी गरिँदै आएको छ।