• Menu

टेक्ससका नेपालीद्वारा भोटेकोशी बाढीपीडितलाई २ करोड १५ लाखभन्दा बढी सहयोग

नेपाल प्रफिट

२०८३ असोज २, शुक्रबार ११:२१

टेक्ससका नेपालीद्वारा भोटेकोशी बाढीपीडितलाई २ करोड १५ लाखभन्दा बढी सहयोग

टेक्सस । टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड १५ लाख १७ हजार सहयोग गरेका छन् ।

ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासका लामा फाउन्डेसन, बेडफोर्डले १ करोड ७ लाख, इन्डिया बजार, फोर्टवर्थले ३८ लाख १७ हजार, वन स्टेप फाउन्डेसनले २५ लाख, अभान्ट फाउन्डेसनले १५ लाख, पाल्पाली संगम अमेरिकाले १५ लाख र नुवाकोट पिकनिक ग्रुप टेक्ससले १५ लाख सहयोग गरेका छन् ।

यसैगरी, नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्ना १८ च्याप्टरबाट संकलित ६६ हजार १९५.८८ अमेरिकी डलर नेपाली कांग्रेसको विपद् न्यूनीकरण कोषमार्फत नेपाल सरकारलाई बेग्लै पठाइएको जनाएको छ ।