टोकियो । जापानको केन्द्रीय बैंकले ब्याजदर १ प्रतिशतबाट बढाएर १.२५ प्रतिशत पुर्याएको छ। यो ब्याजदर ३१ वर्ष यताकै उच्च हो ।
केन्द्रीय बैंकले बढ्दो मुद्रास्फीतिलाई रोक्न र कमजोर हुँदै गएको येन मुद्रालाई व्यवस्थापन गर्न यस्तो कदम चालेको हो ।
२०२४ सम्म जापानमा ब्याजदर ऋणात्मक (०.१ प्रतिशत) थियो । मानिसले बैंकमा बचत गर्दा ब्याज पाउनुको सट्टा शुल्क तिर्नुपर्थ्यो । जसले बजारमा स्वतन्त्र रूपमा खर्च गर्न प्रोत्साहित गरेको थियो । तर केन्द्रीय बैंकले विगत साढे दुई वर्षमा छैटौं पटक ब्याजदर बढाएको छ।
ब्याजदर बढाउनुपर्नाका कारण
मुद्रास्फीति नियन्त्रण गर्नः ऋण महँगो हुँदा मानिसहरूले बजारबाट कम पैसा उधारो लिन्छन् । यसले बजारमा पैसाको प्रवाह घटाउँछ र सामानको मूल्य घटाउँछ ।
येनलाई बलियो बनाउनः जापानको मुद्रा, येन, उल्लेखनीय रूपमा कमजोर हुँदै गइरहेको थियो । ब्याजदर बढाउँदा विदेशी लगानीकर्ताहरूलाई जापानमा लगानी गर्न प्रोत्साहित गर्छ, जसले त्यहाँको मुद्रा बलियोब बन्छ ।
मध्य पूर्व युद्धः युद्धले तेल र ग्यासको मूल्य बढाइरहेको छ । जापानले आफ्नो अधिकांश ऊर्जा विदेशबाट किन्छ, त्यसैले देशले मुद्रास्फीतिको जोखिमको सामना गरिरहेको छ।