काठमाडौं । सरकारले भदौ महिनाका लागि करदाता प्रोत्साहन बम्पर उपहार योजनाको नतिजा सार्वजनिक गरेको छ । आन्तरिक राजस्व विभागले भदौ महिनामा बाढीका कारण पर्न गएको असरलाई मध्यनजर गर्दै १५-१५ दिनमा हुने गरेको घोषणालाई यसपटक मासिक रूपमा सार्वजनिक गरेको हो ।
विभागका अनुसार भदौ महिनाका लागि दुई जना भाग्यशाली करदातालाई १०/१० लाख रुपैयाँ नगद बम्पर उपहार घोषणा गरिएको छ । कात्यानी पोलिक्लिनिकबाट दुई सय रुपैयाँको सामान खरिद गर्ने ग्राहक र सुनिता फेन्सी स्टोरबाट सात हजार रुपैयाँको सामान खरिद गर्ने ग्राहकले १०/१० लाख रुपैयाँ उपहार जितेका छन् ।
यसका साथै, अन्य ३१ जनालाई दैनिक एक लाख रुपैयाँका दरले वितरण हुने नगद उपहारसमेत घोषणा गरिएको विभागले जनाएको छ ।