• Menu

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ११ थान जेनेरेटर वितरण, विद्युत र सञ्चारविहीन बस्तीलाई राहत

नेपाल प्रफिट

२०८३ भदौ २४, बुधबार १३:०३

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ११ थान जेनेरेटर वितरण, विद्युत र सञ्चारविहीन बस्तीलाई राहत

रसुवा । भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान अत्यावश्यक जेनेरेटर सहयोगस्वरूप वितरण गरिएको छ ।

‘सेटोप अष्ट्रेलिया’को आर्थिक सहयोगमा रसुवा-नुवाकोट पर्यटन समाजले वितरण गरेको सो जेनेरेटरबाट विद्युत र सञ्चार सेवा अवरुद्ध भएका जिवजिवे, बेताङ, स्वर्यु, लोकिल, राम्चे, बेत्रावती, भोर्ले, हाकु र माथिल्लो जिवजिवेलगायतका क्षेत्रका वासिन्दा लाभान्वित भएका छन् ।  स्थानीयवासीलाई मोबाइल चार्ज गर्न, सञ्चार सम्पर्क कायम गर्न तथा आपत्कालीन सेवा सञ्चालनमा सहज  भएको छ ।

त्यसैगरी, आपत्कालीन उद्धार, राहत, पुनर्स्थापना र प्रतिकार्यलाई व्यवस्थित बनाउन कालिका गाउँपालिका र उत्तरगया गाउँपालिकाका आश्रय स्थलमा पनि जेनेरेटर हस्तान्तरण गरिएको छ । बाढीका कारण सडक सम्पर्कसमेत विच्छेद भई बेत्रावती नजिकैको जंगल क्षेत्रमा पाल टाँगेर आश्रय लिइरहेका विस्थापित परिवारलाई पनि प्रत्यक्ष रूपमै पुगेर जेनेरेटर उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचार