• Menu

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त पदाधिकारीद्वारा शपथ ग्रहण

नेपाल प्रफिट

२०८३ भदौ १८, बिहीबार १७:४४

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त पदाधिकारीद्वारा शपथ ग्रहण

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त भएका छन्। नवनियुक्त पदाधिकारीहरूले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रतिष्ठानको रेक्टरमा डा. रामनारायण मण्डल, रजिस्ट्रारमा डा. श्याम लम्साल, डिनमा डा. कृष्णकुमार झा र निर्देशकमा डा. सुरेश विके रसाइली नियुक्त भएका छन्।

नियुक्तिपछि नवनियुक्त पदाधिकारीहरूले मन्त्री मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

नवनियुक्त पदाधिकारीहरूले प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा स्वास्थ्य सेवा क्षेत्रलाई थप प्रभावकारी बनाउँदै अघि बढाउने अपेक्षा गरिएको छ।