काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सोमबार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त भेटमा रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका प्रयासबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन ।
भेटमा सरकारले खोज, उद्धार, राहत वितरण, नागरिक व्यवस्थापनलगायतका प्रभावित नागरिकहरुको पुनर्स्थापनाका विषयमा छलफल भएको बताइएको छ ।