• Menu

त्रिशूली सैन्य तालिम केन्द्रमा ऊर्जामन्त्री र गृहमन्त्रीबीच छलफल, सुरुङभित्रको उद्धारबारे सेनाद्वारा ब्रिफिङ

नेपाल प्रफिट

२०८३ भदौ १५, सोमबार १४:१७

त्रिशूली सैन्य तालिम केन्द्रमा ऊर्जामन्त्री र गृहमन्त्रीबीच छलफल, सुरुङभित्रको उद्धारबारे सेनाद्वारा ब्रिफिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशुली पुगेका छन् ।

बाढी प्रभावित जलविद्युत् आयाेजनाकाे निरीक्षण र ऊद्वार कार्यकाे अपडेट लिन नुवाकोट पुगेका मन्त्री श्रेष्ठले त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँगै छलफल थालेका छन् ।

गृहमन्त्री गुरूङ सैन्य तालिम केन्द्रमै बसेर उद्वारकाे लागि समन्वय गरिरहेका छन् ।

जलविद्युत आयाेजनाकाे सुरूङकाे उद्वारमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई पछिल्लो प्रगति विवरण ब्रिफिङ गरेका छन् ।

मन्त्री श्रेष्ठसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि नुवाकाेट आइपुगेका छन् ।

ब्रिफिङ लिएपछि मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवास्थित जलविद्युत आयाेजनाकाे उद्वार स्थलकाे निरीक्षणमा जानेछन् भने पीडितका परिवारसँग छलफल गर्ने कार्यक्रम छ ।