• Menu

काठमाडौंमा ‘जीवित एक्स्पो २०२६’ सम्पन्न : ग्लोरियस र मिन्जीसहित नयाँ ब्रान्ड सार्वजनिक

नेपाल प्रफिट

२०८३ भदौ १, सोमबार १३:११

काठमाडौंमा ‘जीवित एक्स्पो २०२६’ सम्पन्न : ग्लोरियस र मिन्जीसहित नयाँ ब्रान्ड सार्वजनिक

काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्रालिको आयोजनामा शनिबार काठमाडौंमा ‘जीवित एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। स्वास्थ्य, सौन्दर्य, पोषण तथा दैनिक जीवनसँग सम्बन्धित विभिन्न उत्पादन तथा सेवाबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा विभिन्न ब्रान्डका उत्पादन प्रदर्शन तथा ब्रान्डिङसम्बन्धी जानकारी दिइएको थियो।

एक्स्पोमा विभिन्न ब्रान्डसँग सहकार्य तथा व्यवसाय गर्न इच्छुक व्यवसायी, वितरक तथा प्रभावशाली व्यक्तित्वको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीलाई बजारमा उपलब्ध नयाँ उत्पादन, व्यावसायिक अवसर तथा विभिन्न ब्रान्डसँग जोडिन सकिने सम्भावनाबारे जानकारी दिइएको थियो।

एक्स्पोको प्रमुख आकर्षणमध्ये ‘ग्लोरियस स्किन केयर’ पनि रहेको थियो। केही समयअघि मात्रै बजारमा आएको ग्लोरियसले नयाँ ब्रान्डिङ, नयाँ प्याकेजिङ तथा थप परिष्कृत स्वरूपसहित ११ वटा विभिन्न उत्पादन एक्स्पोमार्फत सार्वजनिक गरेको थियो। छालारोग विशेषज्ञबाट परीक्षण गरिएको भनिएको ग्लोरियसले छालाको हेरचाहका क्षेत्रमा उपभोक्तामाझ आफ्नो पहिचान बनाउँदै गएको आयोजकले जनाएको छ।

त्यस्तै, पेप्सीकोला-सिनामङ्गल सडकमा रहेको स्मार्ट हेल्थ क्लिनिकका सेवा तथा विशेषताबारे पनि एक्स्पोमा जानकारी दिइएको थियो। स्वास्थ्यसँग सम्बन्धित विभिन्न सेवा तथा सुविधाबारे सहभागीलाई जानकारी दिँदै स्मार्ट हेल्थ क्लिनिकलाई थप विश्वसनीय स्वास्थ्य सेवाको विकल्पका रूपमा प्रस्तुत गरिएको थियो।

एक्स्पोमा बालबालिकालाई लक्षित ‘मिन्जी’ बहुविटामिन उत्पादन पनि सार्वजनिक गरिएको थियो। क्यान्डी फ्लेभरमा उपलब्ध मिन्जीलाई बालबालिकाले सहज र स्वादिलो रूपमा सेवन गर्न सक्ने गरी तयार गरिएको बताइएको छ। बालबालिकाको वृद्धि तथा विकासका लागि आवश्यक पोषणतत्त्व समावेश गरिएको दाबी गरिएको उक्त उत्पादनले अभिभावकको समेत ध्यान आकर्षित गरेको थियो।

यसैगरी, बीआईएम ब्रान्डको पाउडरमा आधारित दूध उत्पादन पनि एक्स्पोमा सार्वजनिक गरिएको थियो। अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय दूध उत्पादनका रूपमा प्रस्तुत गरिएको उक्त ब्रान्डले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

दैनिक जीवनमा आवश्यक पूजा तथा धार्मिक सामग्रीको सहज उपलब्धताका लागि सञ्चालनमा रहेको ‘पूजा पाठ’ अनलाइन वितरण प्रणालीबारे पनि एक्स्पोमा जानकारी दिइएको थियो। जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने विभिन्न धार्मिक तथा पूजासम्बन्धी सामग्री घरमै वितरण गर्ने अवधारणाबारे सहभागीलाई जानकारी दिइएको थियो।

त्यस्तै, स्वास्थ्यसम्बन्धी विभिन्न सामग्रीको बिक्री तथा वितरण गर्दै आएको स्मार्ट हेल्थ मार्टका सेवा तथा उत्पादनबारे पनि एक्स्पोमा जानकारी दिइएको थियो।

समग्रमा ‘जीवित एक्स्पो २०२६’ स्वास्थ्य, सौन्दर्य, पोषण तथा दैनिक जीवनसँग सम्बन्धित विभिन्न ब्रान्ड र उत्पादनलाई एउटै मञ्चमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर बनेको आयोजकले जनाएको छ। नयाँ ब्रान्डको सार्वजनिकरणसँगै व्यवसायी, प्रभावशाली व्यक्तित्व तथा सम्भावित साझेदारबीच सहकार्यका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यसमेत एक्स्पोले पूरा गरेको आयोजकको भनाइ छ।

विभिन्न ब्रान्डको सहभागिता, व्यावसायिक सम्भावनाबारे जानकारी, प्रभावशाली व्यक्तित्वको सहभागिता तथा नयाँ उत्पादनको सार्वजनिकरणसँगै भाइभ इभेन्ट एन्ड मिडियाले आयोजना गरेको ‘जीवित एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न भएको हो।