• Menu

स-साना नदीहरूमा बाढीको जोखिम : ३४ जिल्लामा उच्च सतर्कता अपनाउन विभागको आग्रह

नेपाल प्रफिट

२०८३ भदौ १, सोमबार १३:१३

स-साना नदीहरूमा बाढीको जोखिम : ३४ जिल्लामा उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।  विभागका अनुसार किरिन नदी, बर्दिया जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा बेलुका उच्च सतर्क रहन आवश्यक छ ।

‘आज सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, तनँहु, लमजुङ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, सुर्खेत, बाँके, बर्दिया, दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भइ बहने स-साना नदीहको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ ’, विभागका विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।