
झापा । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व संकलन गरेको छ ।
उक्त कार्यालयको ६ अर्ब ६ करोड ८६ लाख २२ हजार राजस्व संकलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१.३१ प्रतिशत राजस्व संकलन भएको छ ।
उक्त कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार संकलित राजस्वमध्ये आयकर दुई अर्ब ४१ करोड ६१ लाख सात हजार, मूल्य अभिवृद्धि कर (भ्याट) एक अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्क ६७ करोड ८९ लाख पाँच हजार संकलन भएको छ ।
यसैगरी, भाडा आयकर पाँच करोड ६६ लाख ७८ हजार, ब्याज कर नौ करोड ३६ लाख ८० हजार तथा अन्य शीर्षकमा दुई करोड ६३ लाख २१ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । उक्त कार्यालयको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ हो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal