• Menu

सुन तोलामा एकैदिन ८ हजारले बढेर २ लाख ९६ हजार पुग्यो

नेपाल प्रफिट

२०८३ साउन २१, ११:३३

सुन तोलामा एकैदिन ८ हजारले बढेर २ लाख ९६ हजार पुग्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ८ हजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ ले बढेर चार हजार ५७० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ४७५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६५ र चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ ।